दफा १८
उपकुलपति –
(१) उपकुलपति प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) उपकुलपतिको पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा अन्य दुईजना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ति गर्नेछ ।
(३) उपकुलपतिको पदावधि चार वर्षको हुनेछ ।
(४) उपकुलपतिको अनुपस्थितिमा निजले गर्ने काम सहकुलपतिबाट व्यवस्था भए बमोजिम हुनेछ ।
(५) उपकुलपतिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(६) उपकुलपतिको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछन् ।